काठमाडौं–बाढी र पहिरोमा ध्यान केन्द्रीत गर्न स्थायी समिति बैठक स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढी प्रभावित स्थानको निरीक्षणमा निस्किएका छन्।
प्रचण्ड बाढीले पुर्याएको क्षति अवलोलन गर्ने क्रममा गृहजिल्ला चितवन पुगेका छन्। नारायणी नदिले कटान गरेको क्षेत्रको निरीक्षण गर्न उनी शनिबार चितवन पुगेका हुन्। भरतपुर महानगरपालिकाको वडा नम्बर २७ र २८ को वर्षातले पारेको असरको उनले निरीक्षण गरेका हुन्।
शुक्रबार उक्त स्थानमा रहेका स्पर नारायणी नदिले बगाएको थियो। नदीको कटान नियन्त्रण गर्न सेना खटिएको छ। प्रायः प्रत्येक साता गृह जिल्ला जाने गरेका प्रचण्ड लकडाउन खुकुलो बनेपछि पहिलोपटक जिल्ला पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।