काठमाडाैं- नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्नु अघि सरोकारवालासँग छलफल गर्न सरकारलाई सुझाएका छन्। सार्वजनिक यातायात चलाउने घोषणा गर्नु अघि यातायात व्यवसायी र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामूहिक छलफल गर्न उनले सरकारलाई सुझाएका हुन्।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरे पनि व्यवसायीले सरकारी निर्णयको इन्कार गरेका छ्न्। महिनौं सञ्चालन हुन नसकेका गाडी सञ्चालनमा ल्याउनु अघि नै खर्च आवश्यक हुने व्यवसायीको माग छ। साथै, लकडाउनको बेलाको बैंक किस्ता मिनाहाको समेत माग गरेका छन्।
सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवसायीको मागको सुनुवाई गर्न यातायात व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोक्ता मारमा नपर्ने व्यवस्था गर्न थापाले राय दिएका छन्। स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम कम गर्ने गरी यातायात सञ्चालनको तयारी गर्न थापाले सरकारलाई सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।