काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सर्मथनमा माइतीघर मण्डलामा उत्रिएका युवाहरुलाई वर्षाले बिथोलेको छ। प्रधानमन्त्रीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिनुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रेका थिए।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको समर्थनमा आन्दोलनमा आएका युवाहरूले नारा लगाउँदा लगाउँदै मुसलधारे पानी परेपछि प्रदर्शन तितरबितर भएको हो।
सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चलिरहेको समयमा प्रधानमन्त्री ओलीले आफूनिकट विद्यार्थीहरुलाई बालुवाटार बोलाएर सडकमा आन्दोलन गर्न निर्देशन दिएका थिए। त्यस लगत्तै नेकपा निकट विद्यार्थी संगठनहरु देशभर प्रधानमन्त्री ओलीको सर्मथनमा सडकमा उत्रेका छन्।
‘आज होइन भोलीलाई काम गर्न देउ ओलीलाई’ जस्ता नारा लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।