• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
परीक्षणको दायरा बढाउने हो भने समुदायस्तरमा संक्रमितको संख्या बढ्छ : डा न्यौपाने, जोन्स हप्किन्स विश्वविद्यालय [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शुक्रबार, असार २६, २०७७  १४:५९
1140x725

१५ वर्षदेखि नेपाललाई मूल कार्यक्षेत्र मानेर अध्ययन र अनुसन्धान गर्दै आएका जनस्वास्थ्यविद् डा दिनेश न्यौपाने हाल अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा कार्यरत छन्। विश्व महामारीका रूपमा रहेको कोभिड-१९ का बारेमा उनले थुप्रै अध्ययन र अनुसन्धान गरेका छन्। कोरोना भाइरस, संक्रमितको उपचारलगायतका विषयमा उनीसँग लन्डनबाट प्रकाशन हुने साउथ एसिया टाइम अनलाइन पत्रिकाका लागि भगीरथ योगी र जगन कार्कीले गरेको कुराकानीको नेपाली अनुवाद:

अहिले कोरोना भाइरसको अवस्था नेपालमा कस्तो देख्नुहुन्छ?

कोरोना भाइरसको संक्रमणको सुरुवाती अवस्थामा नै लकडाउन सुरु गर्ने देशमध्ये नेपाल पनि एउटा थियो। यदि हामीले कन्ट्याक्ट ट्रेसिंग (संक्रमितहरुको सम्पर्कमा आएकाहरुको खोजपड्ताल), क्वारेन्टाइन (सम्भावित संक्रमितहरुलाई छुट्टै अवलोकनमा राख्ने) र आइसोलेसन (संक्रमितहरुलाई छुट्टै राखेर रेखदेख र उपचार गर्ने पद्धति) लाई प्रभावकारी रुपमा लागू गर्न सकेको भए नेपाल अहिले कोरोना रोकथाममा एउटा नमुना देश हुन सक्थ्यो।

बिडम्बना हामीले त्यो एउटा सुनौलो अवसर गुमायौं। भारतसँगको सिमानामा राम्रो व्यवस्थापन हुन नसक्दा छोटो समयमा नै कोरोना भाइरस नेपालका सबै जिल्लामा फैलिन पुग्यो। पछिल्लो पटक लकडाउनलाई खुकुलो पार्दै जाँदा र विभिन्न नाममा भइरहेका आन्दोलनहरुले कोरोना भाइरसलाई थप फैलिन मद्दत गर्‍याे। कोरोना भाइरस छ कि छैन भनेर पत्ता लगाउने पिसीआर परीक्षण सीमित मात्रामा भएकाले अहिलेको तथ्याङ्कको भन्दा धैरै संक्रमित भएको अनुमान लगाउन सकिन्छ।

उदाहरणका लागि हाम्रोभन्दा परीक्षणको क्षमता धेरै बढी भएको विकसित देश अमेरिकाले संक्रमितहरुको संख्या प्रयोगशालाबाट पत्ता लागेको भन्दा दस गुणा बढी भएको भनेर अनुमान गरेको छ। त्यसैले अहिले देखिएको तथ्यांकका आधारमा हाम्रो अवस्था राम्रो छ र राम्रो रहिराख्छ भनेर निष्कर्षमा पुगियो भने त्यो गम्भीर भुल हुनसक्छ। 

यदि त्यस्तो धेरै जनामा संक्रमण भए त अस्पताल कोरोनाका बिरामीले मात्र भरिनुपर्ने वा पूरै गाउँसहर नै कोरोनाका कारणले भयावह हुनुपर्ने होइन र?

अहिले पनि नेपालमा सडक दुर्घटनाबाट प्रतिमहिना ५६५ जनाको अकालमा ज्यान जाने अनुमान छ। यो संख्या ठूलो भए पनि हामीले त्यस्तो त्राही–त्राही महसुस गर्दैनौँ।  कोरोना भाइरसले यो स्तरको क्षति गरिन्जेल पनि हामीलाई खासै ठूलो रोग रहेनछ जस्तो लाग्छ। तर यसको फैलिने दर उच्च भएकाले सतहमा हामीले महसुस गर्ने गरी देखिन केही समय लाग्नु सामान्य कुरा हो।

यदि बेलैमा रोकथामका उपायलाई कार्यान्वयन गर्न सकिएन भने सम्भावित नराम्रा दिनहरु पनि हामीले सामना गर्नुपर्ने हुनसक्छ। त्यसलै अहिले प्रयोगशालाबाट आएको नतिजाका आधारमा भन्दा पनि विश्वमा यसले पुर्या्इरहेको क्षतिलाई मध्यनजर गरेर कसरी क्षति कम गर्न सकिन्छ भनी न्यूनीकरणका प्रयासहरुमा केन्द्रित हुनुपर्छ। 

Ncell 2
Ncell 2

के तपाईंलाई नेपालमा समुदायस्तरमा संक्रमण फैलिएको जस्तो लाग्छ?

मेरो विचारमा यो प्रश्न सान्दर्भिक छैनजस्तो लाग्छ। काठमाडौंभित्रै थुप्रै संक्रमितहरुलाई कोरोनाको संक्रमण कहाँबाट फैलियो भनेर पत्ता लगाउन सकिएको छैन। प्रयोगशाला परीक्षण अहिले मुख्य गरेर क्वारेन्टाइनमा भएकाहरुलाई मात्र लक्षित छ। क्वारेन्टाइनमा बस्नेहरु मूलतःभारतबाट फर्किने युवाहरु छन्।

यसले गर्दा अहिले अधिकांश पत्ता लागेका कोरोना संक्रमितहरु विदेशबाट आउने, खास गरेर भारतबाट फर्किनेहरु छन्। यदि हामीले कन्ट्याक ट्रेसिङ र परीक्षणको दायरालाई बढाउने हो भने मेरो विचारमा समुदायस्तरमा संक्रमितहरु धेरै फेला पर्छन्।

तपाईंको विचारमा नेपालमा कोरोना संक्रमितको उच्च संख्या (पिक) कहिले पुग्छ होला? कसै-कसैले अनुमान गरेजस्तो यो असोज, कार्तिकतिर पुग्ने सम्भावना छ कि छैन?

प्रक्षेपण गर्ने अध्ययन विधिहरुले कोरोना भाइरसको प्रक्षेपणको सही अनुमान लगाउन सकेका छैनन्। प्रक्षेपण गर्दा धेरै अनुमानहरुका आधारमा गर्नुपर्ने हुन्छ र यो संक्रमण बिल्कुल नयाँ भएको हुनाले कति अनुमानहरु वास्तविकतासँग मेल नखान सक्छन्। यो संक्रमणले धेरै जनामा सामान्य लक्षण वा विना लक्षण संक्रमित बनाउने भएकाले पनि सही संख्यामा कति जनालाई संक्रमण भयो भनेर पत्ता लगाउन पनि धेरै नै चुनौतीपूर्ण छ। तर, सत्य के हो भने जबसम्म खोप वा औषधि पत्ता लाग्दैन वा यो संक्रमण आफैं हराएर जाँदैन तबसम्म कोरोना फैलिरहन्छ।

सैद्धान्तिक रुपमा भन्नुपर्दा यदि हामीले कुनै पनि रोकथामका उपायहरु पालना गरेनौं भने जनसंख्याको करिब–करिब ५० प्रतिशतलाई संक्रमण भएपछि संक्रमितको उच्च संख्या (पिक) पुग्छ। यो पनि एक पटक संक्रमित भएपछि त्यो व्यक्तिलाई पुनः संक्रमण हुँदैन र सबै जनालाई कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने अनुमानको आधारमा प्रक्षेपण गर्ने हो। 

वास्तविक जीवनमा हामी कुनै न कुनै रोकथामका उपायहरु अबलम्वन गर्दछौं। प्रभावकारी रोकथामका उपाय अबलम्वन गर्ने हो भने प्रतिदिन धेरै संक्रमितहरुको संख्या देख्न ५० प्रतिशत जनसंख्या संक्रमित हुनु पर्दैन।  धेरै देशहरुले यस्ता उपायहरु अपनाएर आफ्नो जनसंख्याको न्यून जनसंख्या संक्रमित हुनेबित्तिकै पनि कोरोनालाई नियन्त्रणमा लिन सकेका छन्। न्युजिल्याण्डले त कोरोना भाइरस उसको देशबाट निर्मूल नै भएको घोषणा गर्‍याे । तर पनि हामीले कोरोना भाइरसविरुद्ध ती देशहरुले पाएको सफलता कहिलेसम्म कायम रहन्छ भनेर यसै भन्न सक्दैनौं र जुनसुकै बेला पनि ती देशहरुमा संक्रमण फेरि फैलिन सक्छ। 

नेपालको सन्दर्भमा यदि हामी असोज-कात्तिकतिरबाट बिरामीहरुको संख्या प्रतिदिन निरन्तर घटाउन चाहन्छौं भने अहिलेदेखि नै निकै गम्भीर हुन आवश्यक छ। अहिले नेपालमा कुल जनसंख्याको ०.०४ प्रतिशतजति जनसंख्यामात्रै कोरोना भाइरसको संक्रमित भएको पत्ता लागेको छ। यदि यो संख्या बढेर ०‍.५ प्रतिशतमात्र पुग्यो भने पनि जम्मा संक्रमितहरुको संख्या सजिलै १,३०,००० हुन आउँछ। यी दुवै प्रतिशतहरु अहिले विश्वमा देखिएको भन्दा निकै कम प्रतिशत हुन्।

उदाहरणका लागि अमेरिकामा हालसम्म ३० लाखभन्दा बढीलाई कोरोना संक्रमण भएको प्रयोगशाला परीक्षणबाट नै पत्ता लागिसकेको छ र अमेरिकामा उच्चतम संक्रमणको विन्दु अझै पुगेजस्तो देखिँदैन। सामान्य हिसाबले पनि ३२ करोड जनसंख्या भएको अमेरिकामा भएको संक्रमणको आधारमा भन्ने हो भने पनि हाम्रोमा २ लाखभन्दा धेरै संक्रमित हुन सक्ने अनुमान जो कसैले पनि गर्न सक्छ।

यदि साँच्चिकै हामीले पनि अमेरिकामा जस्तै गरेर दसौं गुणा संक्रमितहरुको परीक्षण गर्न सकेको छैनौं भने यो संख्या २० लाख पुग्ने हुन सक्छ। यति भन्दै गर्दा यदि हामीले कोरोना भाइरसको संक्रमणलाई कुल जनसंख्याको ०.५ प्रतिशतमा मात्र रोक्न सक्यौं भने कोरोना भाइरस संक्रमितहरुको जम्मा संख्या लगभग १,३०,००० जति भएपछि उच्चतम विन्दुमा पुग्छ।

अहिलेको प्रतिदिन बिरामीको संख्यालाई हेर्ने हो भने यो संख्या पुग्न कात्तिकको अन्त्यसम्म पनि पुग्न नपर्ने हुन सक्छ। फेरि पनि म दोहोर्यायउन चाहन्छु, अहिलेका मात्रै प्रयासहरुले जम्मा ०.५ प्रतिशत जनसंख्यामात्र संक्रमित हुन्छन् भन्ने अनुमान वास्तविकतासँग मेल नखान सक्छ। अर्को कुरा ०.५ प्रतिशत जनसंख्यालाई भन्दा अरुलाई संक्रमण हुन नदिनु निकै नै चुनौतीपूर्ण कार्य हो।  

नेपालले कोरोना भाइरसविरुद्ध अहिलेसम्म चालिएका प्रयासहरुलाई कसरी मूल्यांकन गर्नुहुन्छ?

कोरोना भाइरस विल्कुल नयाँ संक्रमण भएकाले अझै पनि हामीलाई यस बारेमा धेरै कुरा थाहा छैन। हरेक दिन हामी नयाँ–नयाँ कुराहरु सिकिरहेका छौं। यो नयाँ संक्रमण एक व्यक्तिबाट उच्चदरमा सर्ने गर्दछ, यसको कुनै औषधि र खोप हालसम्म पत्ता लागेको छैन। त्यसैले यसलाई नियन्त्रण गर्न त्यति सजिलो छैन।

यसका लागि मुख्य रणनीति भनेको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिने प्रभावकारी उपायहरु अपनाउनु नै हो। संक्रमणको सुरुवाती चरणमा नै लकडाउन गर्नु, गाउँपालिकाहरुमा क्वारेन्टाइन स्थलहरुको निर्माण गर्नु, अन्तर्राष्ट्रिय हवाई उडानहरु बन्द गर्नु, सिमानाकामा कडाइ गर्नु, पिसीआर परीक्षणको सुरुवात र क्षमताको वृद्धि गर्नु, स्वास्थ्य कार्यकर्ताहरुलाई व्यक्तिगत सुरक्षाका सामग्रीहरु (पिपीई) को व्यवस्थापन गर्नु सरकारले गरेका राम्रा काम हुन्।

चीनको वुहानबाट नेपालीहरु ल्याउँदा खरिपाटीमा स्थापना गरिएको पहिलो क्वारेन्टाइनको व्यवस्थापन उत्कृष्ट थियो। दुर्भाग्य भन्नु पर्छ, अरु क्वारेन्टाइन स्थलहरुको मापदण्ड त्यो स्तरको पुर्याथउन सकिएन। हामीलाई आवश्यक रणनीति बनाउन र यसको कार्यान्वयन गर्न दिएको लकडाउनको समय हामीले कन्ट्याक ट्रेसिङ, क्वारेन्टाइन, आइसोलेसन र परीक्षणका लागि सदुपयोग गर्न सकेनौं।

विशेषतः सरकारको आफ्नै नागरिकहरुलाई नेपाल प्रवेश गर्न नदिने रणनीति भारतसँगको सिमानामा सफल हुन सकेन र सरकारले पूर्वतयारी बिना नै सीमानाकाहरु खुला गर्दा धेरै नेपाली नेपाल भित्रिए। गाउँपालिकाहरुलाई क्वारेन्टाइनको जिम्मा विनाप्राविधिक सहयोग दिइयो। अलिअलि तयारी गरेका गाउँपालिकाहरुले धेरै व्यक्तिहरु एकै पटक आउँदा क्वारेन्टाइनको गुणस्तरलाई कायम गर्न हम्मे-हम्मे परिराखेको छ।

धेरै गाउँपालिकाहरुलाई के गर्ने, के नगर्ने पनि स्पष्ट जानकारी नभएको देखिन्छ। यो स्वाभाविक पनि हो किनभने गाउँपालिकाहरुसँग दक्ष स्वास्थ्य जनशक्तिको अभाव छ। धेरै गाउँपालिकाहरुमा स्वास्थ्य चौकीभन्दा माथिल्लो निकाय छैनन् जहाँ चिकित्सा सहायक वा अहेबभन्दा माथिको दरबन्दी हुँदैन र स्वास्थ्य चौकीहरुमा बिरामी भर्ना गर्ने गरी पूर्वाधारहरु हुँदैनन्।

सीमित स्रोत र कमजोर जनस्वास्थ्यका पूर्वाधार भएका नेपालजस्ता देशहरुले कोरोना भाइरसविरुद्ध के-के कुरा प्राथमिकतामा राखेर काम गर्नुपर्छ?

गएको २० वर्षमा नेपालले सीमित स्रोत र कमजोर स्वास्थ्य प्रणालीका बाबजुद पनि मातृ र बाल स्वास्थ्यमा उल्लेख्य सुधार गरेको छ। नेपालले क्षयरोग, एचआइभी र कुष्ठरोगजस्ता अरु थुप्रै संक्रामक रोगहरुको नियन्त्रण र रोकथाममा धेरै नै प्रगति गरेको छ। कोरोना भाइरसको प्रकृति अरु रोगहरुको भन्दा भिन्न भए पनि नेपाललाई अझै पनि स्थिति थप गम्भीर र जटिल हुन नदिने अवसर एउटा चुनौती बनेर आएको छ। एउटा अवसर त हामीले गुमाइसक्यौं र अब भयानक क्षति हुनबाट बचाउन अहिलेदेखि नै द्रुत गतिमा प्रभावकारी रणनीतिहरु कार्यान्वयन गर्नुपर्ने देखिन्छ। 

संक्रमितहरुको संख्या जति कम भयो त्यति यो संक्रमणलाई काबुमा राख्न सकिन्छ। संख्या बढ्दै गएपछि यो रोगको व्यवस्थापनमा नाटकीय रुपमा स्रोत र साधनमा वृद्धि गर्नुपर्ने हुन्छ। हाम्रोमा कोरोनाको कारणले हुने गम्भीर बिरामीहरुको उपचार गर्ने क्षमता निकै कमजोर छ। यी बिरामीका लागि उपयोगी दक्ष स्वास्थ्यकर्मी र भेन्टिलेटरहरु हाम्रोमा सीमित संख्यामा छन्।

यसरी नै संख्या बढ्दै गयो भने हाम्रा अस्पतालहरुले कोरोना भाइरसका बिरामीहरुको व्यवस्थापन गर्न सक्दैनन्। त्यसैले हाम्रो मुख्य जोड जनस्वास्थ्यका विधिहरु प्रयोग गरेर रोग फैलने संक्रमणलाई जतिसक्दो कम गर्ने नै हुनुपर्छ। यो भनेको एउटा संक्रमित व्यक्तिले अर्को स्वस्थ व्यक्तिलाई सार्ने माध्यमलाई रोक्नु हो। यसका लागि संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने, सम्भावित संक्रमितहरुलाई गुणस्तरीय क्वारेन्टाइनमा व्यवस्थित रुपमा राख्ने, संक्रमितहरुलाई आइसोलेसनमा राख्ने र उच्च जोखिम भएकाहरुको पिसीआर टेस्ट प्रभावकारी र द्रुत रुपमा गर्नु नै हो।

विकसित देशहरुको भन्दा हाम्रा आफ्नै चुनौती छन्, तर पनि यी विधिहरु अन्तरिक्ष विज्ञान जस्तो धनी देशहरुले मात्र गर्न सक्ने विधिहरु होइनन्। दृढ इच्छाशक्ति भयो र हामी सबै एकजुट भएर लाग्यौं भने सम्भावित क्षतिलाई धेरै हदसम्म कम गर्न सक्छौं।

भारतमा संक्रमितको संख्या बढ्दै गइरहेको छ। त्यहाँबाट हजारौं नेपाली फर्किने क्रम जारी छ। यस्तो अवस्थामा नेपालले कसरी संक्रमण दरलाई न्यूनीकरण गर्न सक्छ?

नेपालले केही महिना कोरोना भाइरसको रोकथाममा निकै राम्रो गरिरहेको थियो। यसको मूल कारण बन्दाबन्दीको असर र नेपाल–भारत सीमामा गरिएको कडाइ थियो। सरकारले सीमानाकालाई राम्रोसँग व्यवस्थित गर्न नसक्नु नै अहिले ७७ जिल्लामा कोरोना भाइरस फैलनुको एउटा प्रमुख कारण हो।

यदि हामीले सीमानाकामा नै भारतबाट आउनेहरुलाई व्यवस्थित रुपमा क्वारेन्टाइनमा राखेर मात्र उनीहरुको गाउँमा पठाउन सकेको भए अहिलेको भन्दा संक्रमितहरुको संख्या धेरै कम हुन्थ्यो। तर त्यो हुन सकेन। अहिले भारतबाट आउनेहरु भीडभाड गरेर सीमानाकाबाट आफ्नो गाउँपालिकासम्म जान बाध्य छन्।

धेरैजसोले महँगो भाडादर आफैंले तिरेर उच्च जोखिमका साथ यात्रा गरिरहेका छन्। अपवादमा सीमित स्रोत र साधनका बाबजुद केही गाउँपालिकाहरुले राम्रो गरिराखेका भए पनि धेरै गाउँपालिकाका क्वारेन्टाइन स्थलहरुमा न्यूनतम मापदण्ड पनि पूरा गरिएका छैनन्। जसले गर्दा क्वारेन्टाइन स्थलहरुमा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेका उदाहरणहरु हामीले दिनहुँ सुन्ने गरेका छौं।

जबसम्म हामीले सीमानाकाबाट नेपाल छिर्नेहरुको सही तरिकाले व्यवस्थापन गर्न सक्दैनौं तबसम्म भारतबाट आउने सम्भावित संक्रमितहरुले अरु व्यक्तिहरुलाई संक्रमण सारिराख्छन्। यही अवस्था रहिराख्यो भने अबका दिनमा संक्रमण फैलाउनेहरु नेपालभित्र भएका नै बढी हुने सम्भावना देखिन्छ। केही ढिला भए पनि अझै पनि सीमानाकामा भएका होल्डिङ सेन्टर र क्वारेन्टाइन स्थलहरुलाई सुधार गरेर गाउँपालिकाहरुमा जानु अगाडि त्यहीं राख्नुपर्ने आवश्यकता देखिन्छ।

गाउँपालिकाहरुमा भएका क्वारेन्टाइन स्थलहरुको मात्रात्मक र गुणात्मक क्षमता पनि बढाउन जरुरी छ। सीमानाकादेखि गाउँपालिकासम्म जाने यातायात व्यवस्थामा सुधार गर्नुपर्ने देखिन्छ। अहिले भएको कन्ट्याक ट्रेसिङको क्षमतालाई २४ घण्टा उपलब्ध हुने गरी नै बढाउनुपर्ने देखिन्छ। यसका अलावा समुदाय र व्यक्तिको सहयोग अपरिहार्य हुन्छ। आवश्यक सुरक्षाका सावधानीहरु अपनाउने र आफूलाई सकेसम्म संक्रमण हुन नदिन नागरिकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नु जरुरी छ। साथै समुदायमा जनचेतनाको कमी देखिन्छ र यस संक्रमणको रोकथामलाई अभियानको रुपमा नै सञ्चालन गर्नुपर्ने देखिन्छ। आवश्यक पर्यों  भने फेरि लकडाउन गर्नका लागि हामी मानसिक र आर्थिक रुपमा तयारी अवस्थामा बसिराख्नुपर्छ।  

दक्षिण एसियामा कोरोना भाइरसको अवस्था कस्तो देख्नुहुन्छ? कुन देशले अरुको तुलनामा राम्रो गरिराखेको छ र सिक्नु पर्ने कुराहरु के–के हुन्?

हामी अहिले पनि कोरोना भाइरसको सुरुवाती चरणमा नै छौं। दक्षिण एसियाका देशहरु अहिले पनि पिसीआर टेस्टको क्षमता बढाउन संघर्ष गरिराखेका छन्। सबै देशहरुमा गम्भीर बिरामीको उपचारका लागि सीमित क्षमता रहेको छ। अहिले नै दक्षिण एसियामा कोरोनाको मृत्युदर कम छ भनेर ढुक्क हुने अवस्था छैन।

अहिलेसम्म हेर्दा भुटान, श्रीलंका र माल्दिभ्सले राम्रो गरिरहेको देखिन्छ। भारतकै पनि केरला र सिक्किमजस्ता केही राज्यहरुको व्यवस्थापन राम्रो देखिन्छ तर भारतमा संक्रमणको दर द्रुत रुपमा फैलिएकाले कहिलेसम्म ती राज्यहरुलाई यही अवस्था कायम राख्न सक्छन् अहिले नै यसै भन्न सकिन्न। 

जुन देशहरुले कोरोनाविरुद्ध राम्रो गरिरहेका छन् ती देशहरुको जनस्वास्थ्य प्रणाली कोरोना आउनुअगावै पनि राम्रो थियो। जस्तो जनस्वास्थ्यमा प्रतिव्यक्ति प्रतिवर्ष गरिने खर्च माल्दिभ्समा ९३० अमेरिकी डलर छ भने नेपालमा केवल ६५ अमेरिकी डलर। भुटान र श्रीलंकाको पनि प्रतिव्यक्ति जनस्वास्थ्यमा खर्च गरिने रकम नेपाल, भारत, पाकिस्तान र बंगलादेशको भन्दा धेरै छ।

विश्वका अधिकांश देशहरुमा द्रुत रुपमा फैलिँदा पनि दक्षिण एसियामा कोरोनाको संक्रमण केही पछि देखापरेको हो। तर दुर्भाग्य नै भनौं नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानले थोरै संख्या हुँदा नै कोरोना भाइरसको नियन्त्रण गर्ने पहिलो सुनौलो अवसर गुमाइसकेका छन्। दक्षिण एसियामा पनि धेरै जनाको ज्यान जाने जोखिम बढेर गएको छ। त्यसैले सबै देशहरुले कसरी हुन्छ क्षतिलाई न्यूनीकरण गर्न आफ्ना रणनीतिहरु कार्यान्वयन गर्नुपर्ने देखिन्छ। 

पश्चिमी देशहरुमा कोरोना भाइरसको दोस्रो तरंग (सेकेन्ड वेभ) को सम्भावना कत्तिको छ? के यो दक्षिण एसियाले पनि चासो राख्नुपर्ने विषय हो?

कोरोना भाइरसको पहिलो वेभ अहिले पनि धेरै पश्चिमा देशहरुमा सकिएको छैन। अमेरिकामा केही दिनअघि मात्र अहिलेसम्मकै उच्च संख्यामा संक्रमितहरु भेटिए। यो नै उच्च हो कि योभन्दा बढी भएको दिन पनि आउँछ, हेर्न बाँकी नै छ। खोप, औषधि पत्ता नलागिन्जेल वा यो भाइरस आफैं निष्क्रिय भएर नहराएसम्म यसका धेरै तरंग आइरहने उच्च जोखिम हुन्छ।

जबसम्म यो भाइरस निर्मूल हुँदैन वा सबै जनसंख्याले यो भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको विकास गर्न सक्दैनन्, अहिले कोरोना नियन्त्रणमा अब्बल देखिएकालगायत सबै देशहरु कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा छन् र रहिरहन्छन्।
 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व
आजदेखि भारतमा विद्युत् निर्यात सुरु
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
थवाङ पुगे प्रचण्डसहित माओवादीको शीर्ष नेतृत्व बुधबार, जेठ ७, २०८२
आजदेखि भारतमा विद्युत् निर्यात सुरु बुधबार, जेठ ७, २०८२
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्‍यो : ज्ञानेन्द्र शाही बुधबार, जेठ ७, २०८२
शिक्षा समितिको बैठक सुरू बुधबार, जेठ ७, २०८२
गर्भपतनको कानुनी झन्झटले पीडित झन् पीडामा बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्