काठमाडौं–नेकपा स्थायी कमिटि सदस्य जनार्दन शर्माले पार्टीभित्रको किचलो अन्धकारसँगै भुल्न आग्रह गरेका छन्। आज ट्वीट गर्दै उनले पार्टीभित्रको किचलोलाई अन्धकारको बिम्बको रुपमा पनि प्रयोग गरेका छन्।
उनले ट्वीटमा लेखेका छन्, ‘आज फेरि अँध्यारो पन्छिएर बिहानी झुल्किएको छ। पार्टीभित्रको किचलो अन्धकारसँगै भुलिदिऊँ। अतिवृष्टि र कोरोनाको महामारीको विपतबाट पार पाउन नयाँ सिराबाट काम थालौं शुभ प्रभात ।’
नेता शर्माले पार्टीभित्रको किचलो सुल्झाउन विभिन्न समयमा भूमिका निर्वाह गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।