काठमाडौं-बाँकेका कांग्रेस महासमिति सदस्य महेन्द्र मल्ललाई अनुशासन समितिले पार्टीबाट निष्कासन गरेको छ।
पार्टीविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा कारबाही गरिएको अनुशासन समितिले जनाएको छ। मल्ललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको हाे।
मल्ललाई कारबाही गर्ने विषयमा विगतमा पार्टीभित्रै विवादसमेत उत्पन्न भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।