काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएकाे विवाद टुंगाे लगाउन आज पनि अध्यक्षद्वयबीच छलफल हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच दिउँसाे बालुवाटारमा छलफल हुन लागेकाे हाे।
हिजाे पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुवै नेताबीच ‘वान टु वान’ वार्ता भएको थियो। पार्टी विवाद टुंग्याउन दुवै अध्यक्ष एकल वार्तामा बसेका थिए। सोमबार दुई अध्यक्षबीच भएको छलफलमा ‘वान टु वान’ वार्तामार्फत् विवादित विषयको टुंगो लगाउने सहमति बनेको थियो।
सहमति बन्न नसक्दा स्थायी कमिटीकाे बैठक लगातार स्थगित हुँदै आएकाे छ। आजका लागि तय भएकाे बैठक पनि असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएकाे छ। नेकपाभित्र चर्किएकाे विवादका कारण लगातार चार पटकसम्म बैठक स्थगित भएकाे छ।
गत बुधबार र बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो। त्यसपछि अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।