काठमाडौं- आजका लागि तय भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएकाे छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे। पार्टीभित्रकाे विवादका कारण बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक शुक्रबारसम्मका लागि सरेकाे हाे।
नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएकाे छ। गत बुधबार र बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो।
त्यसपछि अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल चलिरहेको छ। उनीहरू केही दिनयता नियमित छलफलमा छन्। सहमतिका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच पटकपटक छलफल भएपनि निकास निस्कन सकेकाे छैन।
यसअघि साेमबारका लागि तय भएकाे स्थायी कमिटीको बैठक आज (बुधबार)सम्मका लागि स्थगित भएको थियाे। पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार पनि थप आन्तरिक छलफल गर्नेगरी बिहीबारकाे स्थायी कमिटी बैठक एक दिनका लागि स्थगित गरिएको थियो। स्थायी कमिटी बैठकमा बाेल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।