सिओल- दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ। यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ। सोमबारमात्र कोरोनाका थप ४४ जना भेटिएको बताइएको छ।
यहाँ सोमबार मध्यरातिसम्ममा करिब २४ घन्टामा संक्रमितहरु ४४ जना थपिएका बताइएको हो। योसँगै यहाँका संक्रमितहरुको संख्या १३ हजार १८१ जना पुगेको बताइएको छ। यहाँ पछिल्लो हप्ता हरेक दिन कम्तिमा पनि ५० जना संक्रमित थपिएका छन्।
उनीहरुमध्ये अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ। सोमबार एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो समेतगरी यहाँ यस संक्रमणबाट ज्यान जानेको संख्या २ सय ८५ जना पुगेको बताइएको छ। यहाँका संक्रमितहरु बढीजसो चर्चमा गएका व्यक्तिहरु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।