• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

विपन्न कृषक : जसले कार्यक्रम पाए, भुक्तानी पाएनन्

64x64
नेपाल लाइभ मंगलबार, असार २३, २०७७  २०:०३
1140x725

सुर्खेत- चालु आव २०७६/०७७ चालु खाता यही असार २० गते बन्द भइसकेको छ। पूँजीगत खाता बन्द हुन अब दुई दिन बाँकी छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम पाएका यहाँका ११६ कृषकले उक्त कार्यक्रमअन्तर्गत शतप्रतिशत काम गरे पनि भुक्तानी पाउन सकेका छैनन्। 

भुक्तानी लिन आउने कृषक दैनिक कृषि मन्त्रालय धाउँछन् तर निराश भएर घर फर्कने गरेका छन्। उनीहरूमा अपांगता भएका, द्वन्द्वपीडित र  एकल महिला गरी लक्षित वर्ग नै छन्। कृषि मन्त्रालयले गत मंसिर १९ गते कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रस्तावना मागको सूचना प्रकाशन गर्‍यो। त्यसमा पर्न आएका प्रस्तावनामध्ये गत चैत १० गते मन्त्रालयको प्रस्तावना मूल्याङ्कन तथा छनौट समितिको बैठकबाट ११६ प्रस्ताव स्वीकृत भएका थिए।   

स्वीकृत सबै प्रस्तावानुसार किसानले तरकारी, फलफूल खेती, पशु तथा पन्छीपालनका लागि वस्तुभाउसहित आवश्यक सामग्री किने र संरचना निर्माण गरे। पचास प्रतिशत लागत साझेदारीमा कार्यक्रम सम्पन्न गरेका उनीहरुले भुक्तानी लिन आउँदा भने रित्तो हात फर्कनुपरेको छ। वीरेन्द्रनगर नगरपालिकाका –८ सुर्खेतको सुष्मा एण्ड सरस्वती पोल्ट्री फर्मका प्रोपाइटर सुष्मा गिरी (अपांगता) ले २ लाख ५० हजार रुपैयाँ आफ्नो लगानी भइसकेको र सोही बराबरको रकम भुक्तानी लिन आउँदा मन्त्रालयले नदिएको पीडा व्यक्त गरे।

‘मन्त्रालयले कार्यक्रमअन्तर्गत दिने रकमभन्दा दोब्बर लगानी लगाएर संरचना पोल्ट्री फर्म निर्माणका साथै २५० कुखुरा खरिद गरी कार्य सम्पन्न गरियो,’ उनले भने, ‘भुक्तानी लिन आउँदा कार्यक्रम रोक्का गरिएको भनेर सुनाउँछन्।’ किन यसो गरिएको हो भन्ने कुराको जवाफ राम्रोसँग नपाएको उनले गुनासो गरे।

‘प्राकृतिक विपत्तिजस्तै सरकार’ 
फलफूल तथा तरकारी उद्योगका प्रोपाइटर अपाङ्गता भएका त्रिपुरासुन्दरी नगरपालिका- १ डोल्पा निवासी डल्ले लामाले काम सम्पन्न गरी कृषि विकास कार्यालय डोल्पाबाट दुई पटक अनुगमनसमेत गराइसकेपछि भुक्तानी नपाउने कुराले निकै पीडा भएको बताए। उनले भने, ‘म अपांग मान्छे के गरूँ? सुर्खेत आउन जान ५० हजारभन्दा बढी खर्च हुन्छ। कार्यक्रम पाउँदा सरकारले न्याय गरेको अनुभूति सकिन नपाउँदै सम्पन्न कार्यक्रमको भुक्तानी रोक्दा झन् ठूलो अन्याय भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले पीडा पोख्दै भने, ‘हाम्रा लागि सरकार प्राकृतिक विपत्तिजस्तै बन्यो। मुखमा आएको गाँस खोसेर लगेको छ। काम सम्पन्न गर्‍यौं, रकम पाउने बेला भुक्तानी दिन सकिँदैन भन्छ। यहाँ त साँढेको जुधाइमा हामी बाच्छाहरू मारिएका छौंं। सुकिलामुकिला र शक्तिशालीहरुको कथा खोजेर लेख्ने पत्रकारहरु यतिबेला हाम्रा पीडाका आवाज नसुन्नेगरी कहाँ गए होलान्?’ कसैसँग लेनदेन नहुँदा नहुँदै आज सरकारले ऋणी बनाइदिएको दुखेसो लामाले पोखे। 

यता कालीकोट खाँडाचक्र नगरपालिका निवासी सुशीला बाख्रापालन फर्मका प्रोपाइटर द्वन्द्वपीडित मटनकला मल्लले ज्यामी लगाएर काम सम्पन्न गरिसकेकाले भुक्तानी नपाए मजदूरले आफूलाई बाँकी नराख्ने पीडा व्यक्त गर्छिन्। ‘बाख्रापालनका लागि दुई लाख रूपैयाँ कृषि मन्त्रालय र बाँकी आफ्नै लगानी गरेर बनाइयो,’ उनले भने, ‘अहिले पैसा नपाउने भनेपछि किन नपाउने हो? न्याय पाउन कानूनी ढोका घच्घच्याउनुपर्ने भयो।’

भेरी नगरपालिका–३ जाजरकोट निवासी आकाश कृषि तथा पशुपक्षी फर्मका प्रोपाइटर सीता विकले बाख्रापालनका खोर निर्माण र बाख्रा खरीद गरिसकिएको बताउँदै भुक्तानी पाउने ठूलो आशा रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो अवस्था हेरेर सरकारले सहयोग गरेको हो। सहयोग गरेर पनि असहयोग किन गर्ला? जन्म दिने जो कोही अभिभावकले आफ्नो सन्तानको सबै समस्यामा ख्याल राख्छन्, त्यसैले पनि भुक्तानी पाउँछु भन्ने विश्वासमा छु।’

Xtrem
Xtrem

ऋणी नबनाइदेऊ 
भेरी नगरपालिका–४ जाजरकोटकै एकल महिला तथा मिलन मेलिना कुखुरापालन समूहका प्रोपाइटर युगमाया कार्कीले काम सम्पन्न गर्दा भुक्तानी नपाइने हो भने हामीजस्ता पीडामा परेकाहरुलाई किन पीडा दिन यो कार्यक्रम गरिएको होला भनेर प्रश्न गरिन्। उनी भन्छिन्, ‘मैले ऋण निकालेर कार्यक्रम सम्पन्न गरेकी छु। काम सम्पन्न भएर पनि अन्तमा भुक्तानी रोकी हामी पीडित र गरीबहरुलाई ऋणको भारी बोकाउँछ भने सरकार कसका लागि काम गर्छ?’

उनले अगाडि भनिन्, ‘यो समाजमा निकै पीडा बोकेर भएर पनि छोराछोरी हुर्काएर बसेकी छु। आफूसँग पैसा भएको भए सरकारसँग किन जान्थ्यौं? म चाहन्छु सरकारले हाम्रो समस्या बुझोस्। बेलैमा यो कुरा सम्बोधन गरिदेओस् तर कुनै पनि हालतमा ऋणी नबनाइदेओस्। ऋणी भएमा हामीजस्ताले कहाँबाट ल्याएर ऋण तिर्न सक्छौंं र?’

कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेर भुक्तानी नपाउने उनीहरु प्रतिनिधि कृषकमात्र हुन्। प्रस्ताव हालेर दुई लाखदेखि चार लाख ५० हजार रूपैयाँसम्मको कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता गरेका यहाँका ११६  कृषकले भुक्तानी पाउन सकेका छैनन्। कृषि मन्त्रालयले ५० प्रतिशत लागत साझेदारी गर्नेगरी लक्षित कृषकसँग दुई करोड ९५ लाखको कार्यक्रम सम्झौता गरेको थियो।

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  २०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्