काठमाडौं- एनएमबी बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्त गर्ने विशेष प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ। आइतबार सम्पन्न भएको साधारणसभबाट एनएमबीले कञ्चन डेभलपमेन्टलाई एक बराबर ०.८५ को अनुपातमा प्राप्त गर्नेछ।
कञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले १०० कित्ता बराबर ८५ कित्ता एनएमबीको सेयर प्राप्त गर्ने छन्। सुदूरपश्चिम क्षेत्रमा बलियो उपस्थिति रहेको कञ्चन डेभलपमेन्टलाई प्राप्त गरेसँगै एनएमबीको चुक्ता पुँजी १४ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ। त्यस्तै जगेडा कोषमा ७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ। साथै शाखा कार्यालयहरुको संख्या १८४ तथा एक्सटेन्सन काउन्टरहरुको संख्या ८ पुग्नेछ। बैंकको सुदूरपश्चिम प्रदेशमा शाखाहरुको संख्या २४ पुग्नेछ।
कञ्चनलाई प्राप्त गरेसँगै प्रादेशिक संरचनामा एनएमबीले सन्तुलित रुपमा आफ्नो उपस्थिति जनाउने जनाएकाे छ। बैंकले ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।