काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता कृष्णगोपाल श्रेष्ठले पार्टी विवाद समाधानको सूत्र पत्ता लागिनसकेकाले आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत् उनले यस्तो सुझाव दिएका हुन्।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘नेकपाको हालको विवाद समाधान गर्ने सूत्र पत्रा नलागेसम्म स्थायी कमिटिको बैठक स्थगित गरे हुन्छ, हाल सूत्र पत्ता नलागेको हुनाले आज बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरेहुन्छ।’
विवाद समाधान खोज्न भन्दै गत शनिबार बोलाइएको नेकपा स्थायी कमिटी बैठक आज सोमबारसम्मका लागि स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।