डोटी- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर डोटीमा एक बालककाे ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका– ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्रकाे पहिरोमा च्यापिएर ज्यान गएको हो।
पहिरोमा परी नेपालीकी श्रीमती २५ वर्षिया देवा नेपाली गम्भीर घाइते भएकी छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको र मृतक बालकाे शव पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
पहिरो आएको समयमा घरभित्र रहेका भक्त नेपालीकी श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन्। पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।