कैलाली-सुदूरपश्चिममा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा डडेलधुराको परशुराम नगरपालिकाका ५, कैलालीका १२ (गोदावरी नगरपालिकाका ९, टीकापुर नगरपालिकाका १ र धनगढीका २) र कन्चनपुरको पुनर्वास नगरपालिकाका २८ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पछिल्ला २४ घण्टामा सुदूरपश्चिममा १ सय ३७ जनाको स्वाब परीक्षण गरिएको थियो।
योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ५ सय ३९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।