काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी नेकपाका शीर्ष नेताहरु बालुवाटार फर्किएका छन्।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल शीतल निवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।