काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका शीर्ष नेताहरूबीचकाे भेट सकिएकाे छ। पार्टी संकट चर्कंदै गइरहेका बेला तीन शीर्ष नेता राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।
प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका नेताहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए।
शनिबार बालुवाटारमा मन्त्रीहरुसँग गरेको छलफलमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति र आफूलाई हटाउने षडयन्त्र भइरहेको बताएका थिए। उनले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने प्रयास भइरहेको पनि बताएका थिए। ओलीले आफ्नै पार्टीका राष्ट्रपतिमाथि आफ्नै पार्टीका नेताहरुले षडयन्त्र गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।