नयाँ दिल्ली- भारतमा काेराेना भाइरसकाे संक्रमण दिनदिनै बढ्दै गएकाे छ। भारतकाे स्वास्थ्य मन्त्रालयले आइतबार बिहान दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा थप २४ हजार ८ सय ५० जनामा काराेना भाइरसकाे संक्रमण देखिएकाे छ।
याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेकाे छ। जसमध्ये ४ लाख ९ हजार ८२ जना संक्रमित निकाे भएका छन्।
भारतमा पछिल्लाे २४ घण्टामा ६१३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। याेसँगै भारतमा १९ हजार ६२८ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।