काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन पूर्वप्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता निर्धारित समयमा हुन सकेको छैन।
पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओली र प्रचण्डबीच बिहान ११ बजे भेट्ने तय भएको थियो। प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीको भेटमा राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने तयारीमा अर्को समूह लागेको आरोप लगाएका थिए। तीन शीर्ष नेता महाभियोग लगाउने तयारी नभएको स्पष्टिकरणका लागि शितलनिवास पुगेको बताइएको छ।
बालुवाटारमा दुई अध्यक्षबीचको वार्तामा दोश्रो तहका केहि नेता सहभागी हुने बताइएको छ। बैठकमा सहभागी हुन स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रधानमन्त्री निवास पुगिसेकका छन्। दुई दिनअघि दुई अध्यक्षबीचको बैठकमा महासचिव विष्णु पौडेलसँगै शर्मा पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।