काठमाडाैं- काठमाडौंकाे गंगबुस्थित नयाँ बसर्पाकमा आठवटा माइक्रोबस जलेका छन्। गएराति आगलागी हुँदा ती माइक्रोबस जलेका हुन्।
आगलागीको कारण भने खुलि नसकेको महानगरीय प्रहरी परिसरले जनाएको छ। माइक्राेबस जलेकाे बारे अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ।
परिसरका अनुसार बा ४ ख २४०, बा ४ ख ४०९, ग १ ख २४४६, बा २ ख २०८०, बा १ ज ९६०९, बा ३ ख ८५८९, बा १ ज ९४५८ र बा २ ज १०९६ नम्बरको माइक्रोबस जलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।