काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गर्नुअघि आफ्ना समूहका नेताहरुसँग परामर्श थालेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा ओलीनिकट मन्त्रीहरु इश्वर पोखरेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायत सहभागी छन्।
नेकपाको जारी संकटका बीच पार्टी एकता कायम राख्ने प्रयासस्वरुप दुवै अध्यक्षबीच अहिले ११ बजे वार्ता हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।