काठमाडाैं-सत्तारुढ दल नेकपामा विवाद बढेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विभिन्न पक्षसँग परामर्श गरिरहेका छन्। प्रधानमन्त्री ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुख र कानुनका जानकारसँग परामर्श गरेकाे स्राेतले जनाएकाे छ।
ओलीले आइतबार बिहान प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल गरेका छन्। यसैगरी उनले कानुनका ज्ञातासँग पनि छलफल गरिरहेकाे बालुवाटार स्राेतले जनाएकाे छ।
प्रधानमन्त्री ओलीले आफूपक्षीय नेता तथा मन्त्रीहरुसँग पनि निरन्तर छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।