काठमाडौं-१४ औं महाधिवेशनको कार्यतालिका परिमार्जन र पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय लिन नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको छ।
कोभिड-१९ का कारण पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएपछि नयाँ तालिका सार्वजनिक गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो। केन्द्रीय महाधिवेशनको अन्तिम मितिमा फरक नपर्ने गरि कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ।१४ औं महाधिवेशनका लागि फागुन ७ देखि १० सम्मको समय तोकिएको छ।
सत्तारुढ दल नेकपाभित्र गहिरिएको संकटकै बीचमा पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता भएको थियो। असार १७ मा प्रधानमन्त्री ओलीसँगकाे भेटमा भएका विषय बैठकमा देउवाले जानकारी गराउनेसमेत बताइएको छ। संवैधानिक निकायमा नियुक्तिका विषयमा छलफल गर्न देउवालाई बोलाइएको बताइएको छ।
सरकारको कार्यशैलीविरुद्ध प्रश्न उठाउँदै आएको कांग्रेसले सडक संघर्षका कार्यक्रम घोषणा गर्ने नेता गोपालमान श्रेष्ठ जानकारी दिए।
सरकारले सदन अकस्मात अन्त्य गरेको गरेको विषयमा समेत बैठकमा छलफल हुनेछ। बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।