काठमाडौं– वेस्ट इन्डिजविरुद्ध पहिलो टेस्ट क्रिकेट खेल्ने इंग्ल्यान्ड टिमको घोषणा भएको छ। जुलाई ८ तारिखदेखि हुने टेस्ट सिरिजको पहिलो खेलका लागि घरेलु टिम इंग्ल्यान्डले शनिबार टिमको घोषणा गरेको हो। टेस्ट क्रिकेटमा पहिलो पटक इंग्ल्यान्डको कप्तानी बेन स्टोक्सले गर्दैछन्। नियमित कप्तान जोइ रुट पारिवारिक कार्यमा व्यस्त हुने भएपछि पहिलो टेस्ट खेलमा कप्तानीको जिम्मेवारी बेन स्टोक्सलाई दिइएको हो।
वेस्ट इन्डिजविरुद्धको खेलमा भरपर्दा दुई खेलाडी भने टिम बाहिर नै हुने भएका छन्। ओपनिङ ब्याट्सम्यान जोन्नी बैरस्टोव र अलराउण्डर मोइन अली टिममा पर्न असफल भएका हुन्। सन् २०१९ को अगस्टदेखि मोइन अली टिम बाहिर रहँदै आएका थिए। यो पटक भने उनी टिममा फर्किदै उत्कृष्ट पुनरागमन गर्ने लक्ष्यमा थिए।
वेस्ट इन्डिज र इंग्ल्यान्डबीच तीन खेलको टेस्ट क्रिकेट सिरिज हुन लागेको हो। जुलाई ८ देखि पहिलो टेस्ट खेल सुरु हुनेछ। त्यस्तै, जुलाई १६ बाट दोस्रो टेस्ट सुरु हुँदा अन्तिम टेस्ट २४ जुलाईबाट हुनेछ।
इंग्ल्यान्ड टिम
बेन स्टोक्स (कप्तान), जेम्स एन्डर्सन, जोफ्रा आर्चर, डोमिनिक बेस, स्टुआर्ट ब्रोड, रोरी बुर्नस, जोस बुटलर, ज्याक क्रावली, जोइ डेन्ली, ओलिइ पोपे, डुम सिब्ली, क्रिस वोयक्स र मार्क वोड छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।