काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। विगत २४ घण्टामा मात्र २ सय ३२ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार एकैदिन ७ सय ४० संक्रमित भेटिएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १७, डडेल्धुराका ३, डोटीका ३, गुल्मीका ९, कञ्चनपुरका ६, नवलपरासी ४, पाल्पाका १६, प्यूठानका ६, रुपन्देहीका ४, सर्लाहीका १६ र सिन्धुपाल्चोकका १२ जनामा कोरोना भेटिएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका १ र सिरहाका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। कोशी अस्पताल प्रयोगशाला विराटनगरमा इलाम र झापाका १÷१ र मोरङका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४ जनामा कोरोना पाइएको छ।
गत २० घण्टामा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ३६ र सिरहाका १५ जनामा कोरोना भेटिएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १५, भरतपुर अस्पताल प्रयोगशाला चितवनमा चितवनका ६ र नवलपरासी पूर्वका ७, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा बागलुङ र म्याग्दीका ३÷३ र स्याङजा र तनँहुका १÷१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पाल्पाका ३ र प्यूठानका २, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका ५ र रोल्पाका २, दैलेख प्रयोगशालामा दैलेखका १ जनामा कोरोना पुष्टि भएको छ।
कुन प्रदेशमा कति संक्रमित?
सबैभन्दा धेरै संक्रमित प्रदेश दुईमा भेटिएको छ। सबैभन्दा कम बागमति प्रदेशमा भेटिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, बागमतिमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३, प्रदेश ५ मा ९ सय ४२, कर्णालीमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८२ जना संक्रमित भेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।