काठमाडौं- कोरोना संक्रमणबाट मृत्यु भएका गोरखाका पुरुषको शव व्यवस्थापनमा स्थानीयले विरोध जनाएका छन्। शनिबार बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन्।
शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका- १२ र शहिद लखन गाउँपालिका- १ बक्राङको सीमामा व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
सो क्षेत्रमा शव गाड्ने थाहा पाएपछि स्थानीय गाउँलेहरुले सयौंको संख्यामा भेला भएर शव गाड्न नदिने भन्दै भेला भएर विरोध जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।