काठमाडाैं- नेपालमा थप एकजना काेराेना भाइरस संक्रमितकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा रुपन्देहीका पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
उनका अनुसार देवदह नगरपालिकाका ७५ वर्षीय पुरुषकाे काठमाडाैंमा उपचारका क्रममा असार १७ गते मृत्यु भएकाे हाे। क्षयराेगका बिरामी उनी असार १४ गते काठमाडाैंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनकाे काराेना पुष्टि १८ गते भएकाे गाैतमले बताए।
याेसँगै नेपालमा ३४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।