काठमाडाैं- ललितपुरकाे खोकनामा स्थानीय किसान र प्रहरीबीच झडप भएको छ। खेत रोपाइँ गर्न गएका किसान र प्रहरीबीच झडप भएको हाे। फाष्ट ट्याक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि झडप भएकाे हाे।
काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो)मा रहेको जग्गामा किसानले धान रोपेपछि विवाद भइरहेकाे छ। द्रुतमार्ग बनाउन अधिग्रहण गरिएको जग्गा भएकाले अतिक्रमण र खेती नगर्न प्रशासनले आग्रह गर्दै आएको छ। किसानहरुले भने आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।
शनिबार भएकाे झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्यास हानेको छ। खोकनाको सुडोलफाँटमा १५ असारमा पनि प्रहरीले धान रोप्न अवरोध गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।