• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

काेराेना भाइरसबाट जाेगिन कस्तो मास्क लगाउने ?

डा. भानु न्यौपाने शनिबार, असार २०, २०७७  १४:१५
1140x725

कोभिड-१९ ले यतिखेर विश्वभर आतंकै फैलिएको छ। यो रोगको संक्रमण फैलन नाक र मुख छोपिने गरि मास्क लगाउनु प्रमुख कार्य रहेको अध्ययनहरुले देखाएका छन्। तर कस्तो किसिमको मास्क कुन हदसम्म प्रभावकारी हुन्छ? यो महत्वपूर्ण प्रश्न हो। 

कोरोना भाइरसबाट आफू जोगिन र अरुलाई जोगाउन अहिले खासगरी तीन प्रकारका मास्क प्रयोग भइरहेका छन्। विशिस्ट खालको रेस्पिरेटर (एन ९५ वा के एन ९५), मेडिकल वा सर्जिकल मास्क र कपडाको मास्क। 

मास्कहरु विभिन्न पदार्थले बनेका, विभिन्न मोटाइ भएका र फरक-फरक तह भएका हुन्छन्। मास्कमा प्रयोग गरिएका कपडामा हुने प्वालको आकार,  प्रकार र तिनको घनत्व महत्वपूर्ण हुन्छ।  तिनको तरल पदार्थको छिटा, धुलोका कणबाट जोगाउने अनि संक्रमणबाट रोकथाम गर्ने क्षमता पनि फरक-फरक हुन्छ। यी गुणहरुले मास्क लगाएर श्वास फेर्दा कति सजिलो वा असहज हुन्छ भन्ने पनि निर्धारण हुन्छ। 

कोरोना महामारीले रेस्पिरेटर र मेडिकल मास्कको चरम अभाव भएपछि घर-घरमै बनाउन सकिने कपडाको मास्कको प्रचलन व्यापक रुपमा बढ्यो। योसँगै यस्ता कपडाबाट बन्ने मास्कको प्रभावकारितासम्बन्धी ब्यापक बहस पनि भइरहेको छ र नयाँ-नयाँ अध्ययन अनुसन्धान भैरहेका छन्।

कपडाको मास्कले साना कण छान्न सक्ने प्रभावका बारेमा हामीले कोरोना महामारी आउनुभन्दा अघि नै अध्ययन गरेका थियौं। मास्कले भाइरसमात्रै होइन वायु प्रदुषण गर्ने धुलोका कणबाट पनि हामीलाई जोगाउछन्। काठमाडौंलगायत नेपालका केही सहरमा सामान्यतया अत्याधिक वायु प्रदुषण रहेको सर्वविदितै छ। 

nimb
nimb
Ncell 2
Ncell 2

मास्कको प्रभावकारिता थाहा पाउनका लागि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. भानु न्यौपानेको नेतृत्वमा संगीता मैनाली, काठमाडौं व्यावहारिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक डा. वसन्त गिरी र अमिता शर्माको समूहले अनुसन्धान गरेका थियौ‌। यो कामको नतिजा प्रतिष्ठित वैज्ञानिक जर्नल पीएर जे मा अघिल्लो वर्ष प्रकाशित भइसकेको छ।

हाम्रो अनुसन्धानको नतिजा अनुसार काठमाडौंमा मास्क लगाउनेमध्ये दुइ तिहाइैभन्दा बढीले कपडाको मास्क लगाउने रहेछन्। कपडाको मास्क अन्य प्रयोजनमा प्रयोग हुने कपडाबाट स्थानीय रुपमै बनाइन्छ र सस्तोमा पाइन्छ। अध्ययन अनुसार कपडाका मास्कमा करिब ८०-५०० माइक्रोमिटर ठूला प्वाल हुने गर्छन्। यी प्वालहरु धुलो वा भाइरसका कणभन्दा कैयौं गुणा ठूला हुन्। त्यसैले यस्ता मास्कले साना धुलोका कण रोक्न सक्ने क्षमता एकदमै कम देखिएको थियो। नेपालमा कपडाको मास्क पटक–पटक धोएर लगाउने चलन छ। लगाउँदा अनुहारमा फिट भएन भने तुना तानेर, दोबारेर लगाउने चलन पनि छ।

 हाम्रो अध्ययनको चाखलाग्दो नतिजा के छ भने, कपडाको मास्क तानेर लगाउँदा त्यहा भएका प्वाल अझै ठूला हुन्छन्। धोएर लगाउँदा धुलोका कण छान्न सक्ने क्षमता मा २० प्रतिशतसम्म ह्रास आउने पाइएको छ। त्यसैले मेडिकल मास्कको तुलनामा कपडाको मास्कमा कणहरुबाट जोगाउने क्षमता निकै कम हुने पाइएको हो। हाम्रो अनुसन्धानले किन यस्तो हुन्छ भन्ने पत्ता लगाएको हो। त्यो पत्ता लगाउन हामीले नयाँ विधि प्रयोग गरेका थियौं, जुन सस्तो र सजिलो थियो। 

उक्त अध्ययन गर्दा कोरोनाको कुनै संकेत थिएन। आफ्नै स्रोतसाधन प्रयोग गरेर नेपालमै गरिएको अध्ययनको यति ठूलो उपयोगिता हुन्छ भन्ने हामीले कल्पनै गरेका थिएनौं। हाम्रो उक्त अनुसन्धानको नतिजा अहिले कोरोना महामारीको अवधिमा धेरैलाई उपयोगी भएको छ। विभिन्न ५० भन्दा बढी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले (जस्तै USA Today, Scientific America) हाम्रो उक्त अध्ययनको नतिजालाई आफ्नो लेखहरुमा उद्दृत गरेका छन् र वैज्ञानिक लेखहरुले पनि उल्लेख गरेका छन्। यस्तै गरेर विश्व स्वास्थ संगठनले पनि मास्कसम्बन्धी जारी गरेको निर्देशिकामा पनि हाम्रो उक्त अध्ययनलाई समाबेस गरेको छ। नेपालमै बसेर गरेको कामबाट विश्वलाई नै केही योगदान पुर्‍याउन सक्दा अहिले हामी निकै खुसी छौं। 

प्रकाशित मिति: शनिबार, असार २०, २०७७  १४:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्