बझाङ- बझाङकाे केदारस्युँ गाउँपालिका- ८ मा पहिराेमा परी बेपत्ता भएका ७ जनामध्ये तीनजनाकाे शव भेटिएकाे छ। एकै घरका तीन जनाको शव भेटिएकाे हाे।
आमा ५० वर्षीया राममती जेठारा, छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको हाे। ४ जना अझै बेपत्ता छन्।
पहिराेमा परेका ७ बाख्रा, ३ भैंसी र ३ गाई पनि फेला परेका छन्। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका- ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।