काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि सदस्य जनार्दन शर्माले पार्टी कुनै हालतमा नफुट्ने र फुटाउन नदिइने बताएका छन्।
सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै उनले दुई नेताले अब के गर्लान् भनेर अब हेरेर बस्न नहुने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको जनाएका छन्।
उनले भनेका छन्, ‘पार्टीलाई विचार, विधि र पद्दतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपूर्तिको हतियार बन्न दिनुहुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति, आम जनता र कार्यकर्ताको सुझावका आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरणसहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं । कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु।’
उनले एकताको एक अभियन्ताका नाताले सबै नेता–कार्यकर्तालाई पार्टी एकताको पक्षमा योगदान गर्न अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।