काठमाडाैं- भारतमा पछिल्लाे २४ घण्टामा ४२२ जना काेराेना भाइरस संक्रमितकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारी अनुसार भारतमा शनिबार बिहानसम्म काेराेनाबाट १८ हजार ६५५ जनाकाे मृत्यु भएकाे छ।
यसैगरी थप २२ हजार ७७१ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या ६ लाख ४८ हजार ३१५ पुगेकाे छ। संक्रमितमध्ये ३ लाख ९४ हजार २२७ जना निकाे भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।