काठमाडाैं- नेपालमा थप १६ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। शनिबार पुष्टि भएका नयाँ संक्रमित गण्डकी प्रदेशका हुन्। याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ हजार ७९ पुगेकाे छ भने देशभर १५ हजार २७५ पुगेकाे छ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएकाे जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप १६ जनामा संक्रमण देखिएकाे हाे।
बाग्लुङका २ जना, म्याग्दीका ३ जना, स्याङ्जाका एक जना, तनहुँका एक जना, कास्कीका २ जना र नवलपरासीका ७ जनामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।