Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्डबीच चार घण्टाको संवादले पनि फुकाएन विवादको गाँठो

64x64
नेपाल लाइभ शुक्रबार, असार १९, २०७७  २२:१३
1140x725

काठमाडौँ- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भएको चार घण्टा लामो संवादले विवादको गाँठो फुकाउन सकेन। शुक्रबार अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड साढे बिहान ११ बजे बालुवाटार छिरेका थिए। करिब ४ घण्टासम्म एक आपसमा मन माझामाझ हुनेगरी लामो संवाद गरेपछि पुनः शनिबार स्थायी कमिटी अघि छलफल गर्ने गरी छुटेका छन्। 

पार्टी बैठकमै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा मागेपछि दुई अध्यक्षबीच तिक्तता बढेको हो। प्रतिकारमा ओलीले बिहीबार संसद् अधिवेसन अन्त्य गर्ने राष्ट्रपतिलाई सिफारिस गर्ने र त्यसको केही समयभित्रै राष्ट्रपतिले पनि अन्त्य गरेको पत्र संसद्लाई पठाउने काम भएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो। संसद् अधिवेसन अन्त्य गरी प्रधानमन्त्री ओलीले पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै अध्यक्ष प्रचण्डसहित नेताहरु त्रसित भएका थिए। 

शुक्रबार पार्टी एकतामा महत्पूर्ण भूमिका खेलेका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनादर्न शर्मालाई समेत संवादमा लगिएको थियो। छलफलमा अध्यक्ष ओलीले पौडेललाई सहभागी गराएका थिए भने अर्का अध्यक्ष प्रचण्डले शर्मालाई सहभागी गराएका थिए। बालुवाटारमा छलफल चल्दाचल्दै कतिपय अवस्थामा ओली प्रचण्डको संवाद उत्कर्षमा पुगेको बालुवाटार स्रोतले जनायो।

‘अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा अघि बढ्न सकिँदैन। यो तरिकाले पार्टी र सरकार पनि चल्दैन। कि यसअघि मंसिर ४ गतेको सहमति रिभ्यू गरौँ। होइन भने अर्को सहमति गरौं भन्नुभयो,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘जवाफमा ओलीले सहमति नगर्ने कहाँ भनेको छु र! सहमति गरौँ के गर्ने हो तयारै छु भन्नुभयो।’

छलफलमा अध्यक्ष ओली-प्रचण्डबीच एकआपसमा कमजोरी औंल्याउनेसम्मका कुराकानी भएको स्रोतले जनाएको छ। प्रचण्डले सरकारको समर्थनमा सडकमा युवाहरुलाई उतार्नु ठिक नभएको भन्दै ओलीसमक्ष आक्रोश पोखेका थिए। आफैले कमजोरी गर्दै जाने त्यसैमा उल्टै युवाहरुलाई सडकमा उतार्नु ठिक नभएको प्रचण्डले भनेका थिए। 

प्रचण्डले बोलेलगत्तै ओलीले सरकारले नक्सा जारी गरेर यति धेरै राष्ट्रियताको पक्षमा काम गरेको छ, त्यो नदेख्ने एकहोरो आलोचना मात्रै गर्ने प्रवृत्ति पनि ठिक नभएको भन्दै गुनासो पोखेका थिए। यसरी बैठकमा एकजुट भएर मेरा विरुद्ध लाग्नु ठिक नभएको भन्दै बताउँदै ओलीले परिस्थितको आँकलन गरी तथ्यमा गएर आलोचना गर्नुपर्ने बताएका थिए।

छलफलकै क्रममा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने र छाड्नै परे दाेस्राे पुस्तालाई अघि सार्ने प्रस्ताव गरेका थिए। 

एकआपसमा चर्काचर्की भएपछि अन्तमा सहमति गरेर अघि बढ्नुका विकल्प छैन भन्ने निष्कर्षमा दुवै अध्यक्ष पुगेको स्रोतले जनाएको छ। नयाँ समझदारीका लागि  शनिबार स्थायी कमिटी बैठकअघि फेरी छलफल गर्नेगरी प्रचण्ड बालुवाटारबाट निस्किए।

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबारको छलफलमा अध्यक्ष ओली प्रचण्डले समझदारी गरेर अघि बढ्ने भनिएपनि मूर्त रुप नलिएको बताएको छ। 

अध्यक्षद्वयको छलफलपछि प्रचण्ड निवास खुमलटारमा प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरूसँग प्रधानमन्त्री ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए। सो ब्रिफिङमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा पनि उपस्थित भएको खुमलटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएकाे ब्रिफिङका क्रममा प्रचण्डले बताएका थिए। 

पार्टी एकताको पक्षमा दोस्रो र तेस्रो तहका नेताहरू सक्रिय 
एकतामा गम्भीर धक्का लागेको भन्दै नेकपा दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएका छन्। विवादबाट समाधान खोज्ने भन्दा फुटको संघारमा जान नहुने भन्दै एकताको पक्षमा नेताहरु सक्रिय भएका हुन्।

शुक्रबार बिहान स्थायी कमिटी सदस्य घनश्याम भुसालले ११ जना दोस्रो तहका नेताहरुलाई बोलाएर छलफल गरेएका थिए। मन्त्रिनिवास पुल्चोकमा ११ जना नेताहरुले पार्टी एकताको पक्षमा अध्यक्ष ओली प्रचण्डलाई दबाब दिने निर्णय गरेका थिए।

Xtrem

Xtrem

बैठकमा टोपबहादुर रायमाझी, शक्तिबहादुर बस्नेत, योगेश भट्टराई, देवेन्द्र पौडेल, मणि थापा, विष्णु रिमाल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, संकर पोखरेललगायत नेताहरु सहभागी भएका थिए।

लगत्तै दिउँसो पार्टी फुटाउन पाईंदैन भन्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरुले पार्टी धर्नामा बसेका थिए। पार्टी फुटाएर हजारौँ नेता कार्यकर्ता र जनमतको अपमान गर्न नहुने नेताहरुले बताएका थिए। धर्नामा केन्द्रीय सदस्य ठाकुर गैरे, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, कृष्ण केसी,अजम्बर काङबाङ राई लगायत सहभागी भएका थिए।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने पार्टीको स्थायी कमिटी बैठकले तल्लो तहका भेला सम्पन्न गरी राष्ट्रिय स्तरको कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण था... बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन।  केन्द्रीय निर्व... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्