• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्डबीच चार घण्टाको संवादले पनि फुकाएन विवादको गाँठो

64x64
नेपाल लाइभ शुक्रबार, असार १९, २०७७  २२:१३
1140x725

काठमाडौँ- नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भएको चार घण्टा लामो संवादले विवादको गाँठो फुकाउन सकेन। शुक्रबार अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड साढे बिहान ११ बजे बालुवाटार छिरेका थिए। करिब ४ घण्टासम्म एक आपसमा मन माझामाझ हुनेगरी लामो संवाद गरेपछि पुनः शनिबार स्थायी कमिटी अघि छलफल गर्ने गरी छुटेका छन्। 

पार्टी बैठकमै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीको राजीनामा मागेपछि दुई अध्यक्षबीच तिक्तता बढेको हो। प्रतिकारमा ओलीले बिहीबार संसद् अधिवेसन अन्त्य गर्ने राष्ट्रपतिलाई सिफारिस गर्ने र त्यसको केही समयभित्रै राष्ट्रपतिले पनि अन्त्य गरेको पत्र संसद्लाई पठाउने काम भएपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो। संसद् अधिवेसन अन्त्य गरी प्रधानमन्त्री ओलीले पार्टी फुटाउन अध्यादेश ल्याउन खोजेको भन्दै अध्यक्ष प्रचण्डसहित नेताहरु त्रसित भएका थिए। 

शुक्रबार पार्टी एकतामा महत्पूर्ण भूमिका खेलेका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनादर्न शर्मालाई समेत संवादमा लगिएको थियो। छलफलमा अध्यक्ष ओलीले पौडेललाई सहभागी गराएका थिए भने अर्का अध्यक्ष प्रचण्डले शर्मालाई सहभागी गराएका थिए। बालुवाटारमा छलफल चल्दाचल्दै कतिपय अवस्थामा ओली प्रचण्डको संवाद उत्कर्षमा पुगेको बालुवाटार स्रोतले जनायो।

‘अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा अघि बढ्न सकिँदैन। यो तरिकाले पार्टी र सरकार पनि चल्दैन। कि यसअघि मंसिर ४ गतेको सहमति रिभ्यू गरौँ। होइन भने अर्को सहमति गरौं भन्नुभयो,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘जवाफमा ओलीले सहमति नगर्ने कहाँ भनेको छु र! सहमति गरौँ के गर्ने हो तयारै छु भन्नुभयो।’

छलफलमा अध्यक्ष ओली-प्रचण्डबीच एकआपसमा कमजोरी औंल्याउनेसम्मका कुराकानी भएको स्रोतले जनाएको छ। प्रचण्डले सरकारको समर्थनमा सडकमा युवाहरुलाई उतार्नु ठिक नभएको भन्दै ओलीसमक्ष आक्रोश पोखेका थिए। आफैले कमजोरी गर्दै जाने त्यसैमा उल्टै युवाहरुलाई सडकमा उतार्नु ठिक नभएको प्रचण्डले भनेका थिए। 

प्रचण्डले बोलेलगत्तै ओलीले सरकारले नक्सा जारी गरेर यति धेरै राष्ट्रियताको पक्षमा काम गरेको छ, त्यो नदेख्ने एकहोरो आलोचना मात्रै गर्ने प्रवृत्ति पनि ठिक नभएको भन्दै गुनासो पोखेका थिए। यसरी बैठकमा एकजुट भएर मेरा विरुद्ध लाग्नु ठिक नभएको भन्दै बताउँदै ओलीले परिस्थितको आँकलन गरी तथ्यमा गएर आलोचना गर्नुपर्ने बताएका थिए।

छलफलकै क्रममा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोड्ने र छाड्नै परे दाेस्राे पुस्तालाई अघि सार्ने प्रस्ताव गरेका थिए। 

एकआपसमा चर्काचर्की भएपछि अन्तमा सहमति गरेर अघि बढ्नुका विकल्प छैन भन्ने निष्कर्षमा दुवै अध्यक्ष पुगेको स्रोतले जनाएको छ। नयाँ समझदारीका लागि  शनिबार स्थायी कमिटी बैठकअघि फेरी छलफल गर्नेगरी प्रचण्ड बालुवाटारबाट निस्किए।

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबारको छलफलमा अध्यक्ष ओली प्रचण्डले समझदारी गरेर अघि बढ्ने भनिएपनि मूर्त रुप नलिएको बताएको छ। 

अध्यक्षद्वयको छलफलपछि प्रचण्ड निवास खुमलटारमा प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरूसँग प्रधानमन्त्री ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए। सो ब्रिफिङमा नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा पनि उपस्थित भएको खुमलटार स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने अडान लिएकाे ब्रिफिङका क्रममा प्रचण्डले बताएका थिए। 

पार्टी एकताको पक्षमा दोस्रो र तेस्रो तहका नेताहरू सक्रिय 
एकतामा गम्भीर धक्का लागेको भन्दै नेकपा दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएका छन्। विवादबाट समाधान खोज्ने भन्दा फुटको संघारमा जान नहुने भन्दै एकताको पक्षमा नेताहरु सक्रिय भएका हुन्।

शुक्रबार बिहान स्थायी कमिटी सदस्य घनश्याम भुसालले ११ जना दोस्रो तहका नेताहरुलाई बोलाएर छलफल गरेएका थिए। मन्त्रिनिवास पुल्चोकमा ११ जना नेताहरुले पार्टी एकताको पक्षमा अध्यक्ष ओली प्रचण्डलाई दबाब दिने निर्णय गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बैठकमा टोपबहादुर रायमाझी, शक्तिबहादुर बस्नेत, योगेश भट्टराई, देवेन्द्र पौडेल, मणि थापा, विष्णु रिमाल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, संकर पोखरेललगायत नेताहरु सहभागी भएका थिए।

लगत्तै दिउँसो पार्टी फुटाउन पाईंदैन भन्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय सदस्यहरुले पार्टी धर्नामा बसेका थिए। पार्टी फुटाएर हजारौँ नेता कार्यकर्ता र जनमतको अपमान गर्न नहुने नेताहरुले बताएका थिए। धर्नामा केन्द्रीय सदस्य ठाकुर गैरे, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, कृष्ण केसी,अजम्बर काङबाङ राई लगायत सहभागी भएका थिए।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  २२:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
हरिशरणले सिकाए रविलाई राजनीति !
एनपिएलकाे टिकट दर सार्वजनिक
सम्बन्धित सामग्री
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज विराटनगर किङ्समा बिहीबार, कात्तिक ५, २०८३
लुम्बिनीले भित्रायाे अमेरिकी अलराउन्डर शाङ्ली भान बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्