काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको छ। हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। हालसम्म ८ जिल्लामा प्रतिजिल्ला ५ सयभन्दा बढी संक्रमित छन्।
कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।