काठमाडाैं- नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे छलफलपछि बालुवाटारबाट बाहिरिएका छन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ लागेकाे बालुवाटार स्राेतले जनाएकाे छ।
त्यसअघि उनले पार्टीमा बढ्दै गएकाे विवादका विषयमा प्रधानमन्त्री ओलीसँ छलफल गरेका थिए। दुई अध्यक्षबीच भएकाे छलफलमा नेकपा महासचिव विष्णु पाैडेल र जनार्दन शर्मा पनि सहभागी थिए।
पार्टीभित्र विवाद चुलिँदै गएपछि शीर्ष नेताहरुबीचकाे भेटघाट बाक्लिएकाे छ। विवाद उत्कर्षमा पुगेपछि सहमति खोज्नका लागि स्थायी कमिटी बैठक एक दिन रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।