कैलाली- कैलालीमा वर्षासँगै बाढी गाउँ पस्ने क्रम सुरु भएको छ। वर्षासँगै आएको बाढी गाउँ पस्दा २१ घर डुवानमा परेका छन्।
जोशीपुर गाउँपालिकामा २० र घोडाघोडी नगरपालिकामा एक गरी २१ घर डुवानमा परेको प्रहरीले जनाएको छ। जोशीपुर गाउँपालिका वडा नम्बर १ राजीपुर र वडा नम्बर ३ को एक टोलमा काडा नदीमा आएको बाढी गाउँमा पसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।
उनका अनुसार दुवै वडामा २० घर डुवानमा परेका छन् भने दुई फिटभन्दा बढी पानी जमेको छ। वडा नम्बर ३ का हिरालाल चौधरीको घर भत्किएको विष्टले जानकारी दिए।
यसैगरी घोडाघोडी नगरपालिका वडा नम्बर २ टनकपुरमा लक्ष्मी न्यौपानेको घर पनि डुवानमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।