डडेल्धुरा-कञ्चनपुरमा पानी बोक्ने ट्यांकरकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिकाको कालिका स्वास्थ्यचौकीनजिक पानी बोक्ने ट्यांकरकाे ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका ७ का ३८ वर्षीय लोकेन्द्रसिंह ठकुरीको रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले जानकारी दिए।
से ६ प ६४२६ नम्बरको मोटरसाईकलमा सवार ठकुरीलाई ट्यांकरले ठक्कर दिएको उनले बताए।
घटनापछि आक्रोसित स्थानीयले उक्त ट्यांकरमा आगजनी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।