काठमाडाैं- काेराेना भाइरसका कारण भएकाे लकडाउनले पर्यटन तथा हवाई क्षेत्रमा साउन ७ गतेसम्म ४१ अर्बकाे नाेक्सानी हुने अनुमान गरिएकाे छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउनकाे अविधिमा याे क्षेत्रमा अहिलेसम्म ३४ अर्ब नाेक्सानी भएकाे र साउन ७ सम्ममा ४१ अर्ब नाेक्सानी हुने अनुमान गरेकाे जनाएकाे हाे।
पर्यटन मन्त्रालयमा शुक्रबार भएकाे पत्रकार सम्मेलनमा मन्त्री याेगेश भट्टराइले यस्ताे जानकारी गराएका हुन्। काेराेना भाइरसका कारण भएकाे लकडाउनले याे क्षेत्रमा प्रतिमहिना १० अर्बकाे क्षति भइरहेकाे जनाइएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।