कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राम नाथ पक्राउ परेका छन्। महिलामाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
मदिरा सेवन गरेर महिलामाथि दुर्व्यवहार गरेपछि मध्यरातमा वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। ‘हामीले वडाध्यक्षलाई पक्राउ गरेका छौँ’, उनले भने, ‘घटना बारे अनुसन्धान हुन बाँकी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।