काठमाडौं-स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले बार्सिलोनासँग चार अंकको अग्रता बनाएको छ।
बिहीबार राति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलअन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेको बार्सिलोनासँग चार अंकको अग्रता बनाएको हो। रियल मड्रिडलाई जित दिलाउन कप्तान सर्जियो रामोसले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको रियललाई दोस्रो हाफमा भने रोक्न सकेन। खेलको ७८औं मिनेटमा गेटाफेका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रियलले पेनाल्टी पाएको थियो। पेनाल्टीबाट गोल गर्दै रामोसले रियललाई १–० गोलको जित दिलाए।
यो जितसँगै रियल मड्रिडले ३३ खेलबाट ७४ अंक बनाएको हो। दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ। यी दुबै टिमले अब लिगमा अझै पाँच खेल खेल्न बाँकी छ। बार्सिलोनाको भन्दा शीर्ष स्थानमा रहेको रियलको उपाधि जित्ने सम्भावना बढि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।