काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ह्याम्स अस्पताल पुगरेर ७ दिनदेखि अनशन गर्दै आएका 'इनफ इज इनफ'का अनशनकारीसँग भेट गरेका छन्। बुधबार साँझ उनी ह्याम्स अस्पताल पुगेर भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
अनशनकारीहरूसँगको भेटमा उनले सरकार कोभिड-१९ नियन्त्रण गर्न सरकार पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गरे। पत्नी राधिका श्रेष्ठसँगै उनी ह्याम्स अस्पताल पुगेका थिए।
यसअघि अनशनकारीहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, जनता समाजवादी पार्टीकी नेतृ हिसिलायमी लगायतले समेत भेटघाट गरेका थिए।
कोभिड-१९ को नियन्त्रणमा सरकारको अकर्मण्यताको विरूद्धमा फेसबुकमा ‘इनफ इज इनफ’ग्रुप सिर्जना गरी अभियान चलाउँदै आएका छन्। क्वारेन्टाइन स्थलको व्यवस्थापन चुस्त र सुरक्षित बनाउन, पिसिआर परीक्षणको दायरा बढाउन र पारदर्शी रूपमा प्रभावकारी बनाउन उनीहरुले माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।