• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २६, २०८३ Fri, Jul 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

के एक्लिएका हुन् बार्सिलोना प्रशिक्षक?

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १६:२४
1140x725

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षक क्विके सेटियनका लागि अहिले कठिन समय आइरहेको छ। जे आधारमा एर्नेस्टो भालभर्देलाई हटाएर उनको नियुक्ति भएको थियो त्यो अहिले झनै कमजोर बनिरहेको छ। 

एथ्लेटिको मड्रिडसँगको बराबरीपछि प्रशिक्षक सेटियनले अहिले नै आफ्नो जिम्मेवारीबारे प्रश्न उठाउने समय नभएको र आफ्नो काम धरापमा नपरेको बताएका थिए। तर अवस्था त्यस्तो देखिँदैन। आउँदो सिजन उनको जागिर बचाइराख्न ला लिगाकै बाँकी खेल र च्याम्पियन्स लिगले समेत असर गर्ने नै छ। 

कोरोना भाइरस कोभिड १९ का कारण रोकिएर सुरु भएको लिगमा बार्सिलोना कमजोर देखिएको छ। रोकिएर सुरु भएको लिगपछि रियल मड्रिडले आफ्नो पाँच खेल नै जितेको छ भने बार्सिलोनाले खेलेको ६ खेलमा ३ खेल बराबरी खेलेको छ, ३ खेल जितेको छ। 

बार्सिलोनाले अब भिलारियल, स्पानियोल, भायाडोलिड, ओसासुना र अलाभेससँग खेल्न बाँकी छ। रियल मड्रिडले बुधबार राति हुने गेटाफेसँगको खेलपछि एथ्लेटिक क्लब, अलाभेस, ग्रानडा, भिलारियल र लेगानेससँग खेल्नेछ। बाँकी खेललाई हेर्दा पनि बार्सिलोनालाई उपाधि यात्रा कठिन देखिन्छ। 

अहिलेको परिस्थितिमा तथ्यांकलाई हेर्ने हो भने पनि भालभर्देभन्दा सेटियन राम्रो देखिन सकेका छैनन्। यो सिजन भालभर्देले टिम सम्हाल्दा जितको प्रतिशत ६१.५४ थियो जहाँ अहिले सेटियनले प्रशिक्षण सम्हालेपछि बार्सिलोनाको जित प्रतिशत ६१.११ मात्र छ। 

गोलका हिसाबले हेर्दा पनि भालभर्दे रहँदा बार्सिलोनाले हरेक खेलमा २.३१ को औषतमा गोल गरेको थियो भने अहिले सेटियनको समयमा त्यो १.८३ मात्र छ। गोलका लागि बनेका अवसर र पोस्टमा भएको प्रहार हेर्दा पनि भालभर्देको समय भन्दा सेटियनको समय नै कमजोर देखिन्छ। 

च्याम्पियन्स लिगमा लगातारको खराब उपस्थितिले भालभर्देमाथि प्रश्न चिन्ह आएको थियो। ला लिगामा राम्रो नतिजा दिइरहेका भालभर्देले त्यसैले आफ्नो काम गुमाए। त्यसमा सेटियनको नियुक्ति बार्सिलोनाको पुरानो शैलीसँग उनी जानकार छन् भन्ने आधारमा गरिएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

बलमाथिको बढी नियन्त्रण, मिडफिल्डबाट पोस्टमा बढ्ने तीब्रता र त्यससँगै मैदानमा देखिने रचनात्मक संयोजन सेटियनमाथिको आश थियो। तर ती आशहरु अहिले मैदानमा स्पष्ट देखिएका छैनन्। 

सेटियनमा देखिएको असफलता उनले टिमसँग काम गर्न पाएको समय कम भएकाले भन्ने विश्लेषण भइरहे पनि उनीसँग खेलाडी नै रुष्ट हुनुले अवस्था जटिल बनेको छ। त्यसमा सहायक प्रशिक्षक इडर सराबियाको व्यवहारले खेलाडीहरु अझ टाढिएका छन्। 

२६ पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेर बलियो देखिएको टिमका लागि यो अवस्था सहज छैन। २०१५ को सिजन च्याम्पियन्स लिग जितेको बार्सिलोना त्यसपछि भने च्याम्पियन्स लिगमा उत्कृष्ट देखिन सकेको छैन। ला लिगामा २०१० पछिको अवस्था हेर्दा बार्सिलोनाले ६, रियल मड्रिडले २ र एथ्लेटिको मडिलेटिको मड्रिडले एक उपाधि जितेका छन्।

पछिल्लो समयमा च्याम्पियन्स लिगको कमजोर उपस्थिति पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले खेलाडीहरु नै लिग उपाधि कमजोर भइसकेको भनेर निराश देखिन्छन्। त्यसका पछाडि कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो। 

कतिसम्म भने हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत कमजोर देखिन थालेका छन्। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। गर्दै आइरहेका पनि थिए।

एर्नेस्टो भालभर्देलाई हटाएर क्विके सेटियन प्रशिक्षकका रुपमा आएपछि मेस्सीले १७ मध्ये १० खेलमा गोल गर्न सकेका छैनन्। यसअर्थमा सेटियनको प्रशिक्षण मेस्सीका लागि सबैभन्दा खराब समय भइरहेको छ।  

यसअघि २०१३–१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। तर अहिलेको सिजन २७ गोलमा रहेका मेस्सी गोलको त्यही अंकमा पुग्न पनि असम्भव देखिएको छ। गएको १० वर्ष हेर्दा मेस्सीले ४० गोल पार नगरेको सिजन थिएन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पनि नपुग्ने देखिन्छ। 

यिनै कारणहरुले हुनुपर्छ मैदानदेखि डे«सिङ रुमसम्म मेस्सीको प्रशिक्षकसँगको सम्बन्ध राम्रो छैन। प्रशिक्षण टिमका सदस्यहरु मेस्सीको अवस्थाबारे खुलेर आलोचना गर्न सक्दैनन् भने मेस्सी उनीहरुलाई सुनिरहेका छैनन्। जसको प्रत्यक्ष असर खेलमा छ। 

भालभर्देलाई जे कारण परिवर्तन गरिएको थियो त्यो सेटियनबाट पूरा भइरहेको छैन। त्यसमा पनि खेलाडीसँगको बिग्रदो सम्बन्ध थप चिन्ताको विषय हो। खेलाडीहरु सञ्चारमाध्यम मार्फत आफ्नै प्रशिक्षकलाई प्रश्न गरिरहेका छन्।

बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ प्रशिक्षक सेटियनसँग खुसी हुन सकेका छैनन्। समर्थकहरु अध्यक्ष बर्टामेउको कामसँग खुसी छैनन्। खेलाडी किनबेच र टिम बनाउने बार्सिलोनाको योजना फितलो देखिएको छ। युवा खेलाडीहरुको प्रयोगमा भइरहेको काम प्रभावकारी हुन सकेको छैन। पाँच खेलाडी परिवर्तन गर्न पाउने खेलमा समेत सेटियनको खेलाडी परिवर्तन योजना स्पष्ट नहुनु उनको कमजोरी हो। 

फ्रान्क डि योङ घाइते रहेका कारण मिडफिल्डमा अवस्था मिल्न सकेको छैन। सेटियनको प्रशिक्षण शैलीमा केन्द्रमा डि योङ नै देखिइरहेका थिए। त्यसमाथि पछिल्लो हप्ता आर्थरलाई युभेन्टस पठाउने तयारीले उनको समेत खेलमा मात्र ध्यान हुन सकेन। अहिले २३ वर्षका आर्थरलाई बेचेर बार्सिलोनाले ३० वर्षका पियानिच किनेको छ। यसपछाडिका ब्यवस्थापन योजना स्पष्ट छैनन्। जसका कारण बोर्डको आलोचना भइरहेको छ। 

घाइते रहेका लुइस स्वारेज फर्किए पनि एन्टोनियो ग्रिंजम्यानमाथिको १२० मिलियन युरोको लगानी मैदानमा देखिन सकेको छैन। उनको स्थानमा १७ वर्षका अन्सु फातीले लिइरहनु बार्सिलोनाकै लागि राम्रो पक्ष होइन। जब कि अन्सुका बुबासमेत आफ्नो छोराले बार्सिलोनामा प्लेइङ सेटमा पर्ने बेला नभएको बताउँछन्। 

आफूमाथि प्रशिक्षकको विश्वास नहुनुले ग्रिजम्यान पनि चिढिएका छन्। यस्ता महत्वपूर्ण खेलहरुमा कम्तिमा आफूले प्रमाणित गर्न पाउने अवसर मिल्नुपर्ने ग्रिजम्यानको बुझाइ छ। यिनै कारण उनीमाथि युरोपकै अरु क्लबले नजर लगाइरहेका छन्। 

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी
सम्बन्धित सामग्री
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन मा प्रकाशित रिपोर्ट अनुसार एफबीआईले एएफएको अमेरिकाभित्र सञ्चालन भएका व्यावसायिक कारोबार र आर्थिक... बुधबार, असार २४, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्... मंगलबार, असार २३, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश अमेरिकाको डलास रंगशालामा सोमबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्। तर इन्ज्... मंगलबार, असार २३, २०८३
ताजा समाचारसबै
टेलिकम बिलिङको मुद्दामा विशेष अदालतले दियो आरोपितहरूलाई सफाइ बिहीबार, असार २५, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको भन्दै पुनर्लेखनको प्रयास नगर्न सरकारलाई दलहरुको चेतावनी बिहीबार, असार २५, २०८३
राष्ट्रिय सभाबाट एकै दिन ६ वटा विधेयक पारित बिहीबार, असार २५, २०८३
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
आत्मदाह प्रयास गरेका नेपालीको अवस्था चिन्ताजनक, न्याय माग्दै राहदानी विभागअगाडि प्रदर्शन बिहीबार, असार २५, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्