काठमाडाैं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बालुवाटारबाट बाहिरिएका छन्। नेकपाकाे जारी स्थायी कमिटी बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनी शीर्ष नेताहरुसँगकाे छलफलपछि बाहिरिएका हुन्।
उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका हुन्। प्रधानमन्त्री ओलीसहितका अन्य शीर्ष नेता भने बालुवाटारमै रहेकाे बताइएकाे छ।
यसअघि स्थायी कमिटिको बैठक चलिरहेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट पक्षका शीर्ष नेताको बैठक बसेकाे थियाे।
बैठकमा प्रधानमन्त्री ओलीसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमबीच छुट्टै वार्ता भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।