इनारमा फसेका युवक सुरज शाहको उद्दार गर्दै सशस्त्र प्रहरी बलको प्रदेशस्तरीय गोताखोर टोली
काठमाडौं-दाङमा तीन दिनदेखि इनारमा फसेका युवक सुरज शाहको मृत्यु भएको छ। अछामको रामारोशन गाउँपालिका-३ घर भएका ३६ वर्षीय शाहको मृत्यु भएको हो।
शान्तिनगर गाउँपालिका-६ स्थित साथी विश्व आचार्यको घर दाङमा गएका बेला शाह तीन दिनअघि राति १० बजेर २३ मिनेटमा इनारमा खसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल प्रदेशस्तरीय गोताखोर टोलीले इनारबाट उनको शव निकालेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।