काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जनसरोकारका पक्षमा अनसन बसिरहेका युवाहरुको माग सुनुवाइ गर्न माग गरेका छन्।
पाटन दरबार क्षेत्रमा युवाको समूह एक सातादेखि अनसन बसिरहेकाे छ। कोभिड-१९ नियन्त्रणमा सरकारको प्रभावकारिताको माग गर्दै युवाहरुले अनसन सुरु गरेका थिए।
अनसनरत युवाहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै नेता खड्काले उनीहरुको अवस्था ख्याल गर्न सरकारसँग आग्रह गरेका छन्। ट्वीटमा खड्काले लेखेका छन्,‘स्वास्थ्य अवस्था प्रतिदिन गम्भीर बन्दै गएको छ ! सरकार अन्देखा गर्दै छ!सरकार आँखा खोल।’
अनसनकारीसँग वार्ता गरि जनताका हितका माग सम्वोधन गर्न उनले सरकारसँग माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।