काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित ४७ दिनको एक शिशुको मृत्यु भएको छ।
मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्त कुमार दासले शिशुलाइ श्वासप्रश्वासमा समस्या रहेको जानकारी दिए।
ती शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गर्नुअघि कोरोना परीक्षणका लागि सोमबार राति उनको पिसिआर परीक्षण गर्दा काेराेना पाेजिटिभ देखिएकाे थियो।
डा दासका अनुसार ती शिशु म्याग्दीका हुन्। योसँगै नेपालमा ३१ कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।