काठमाडौं-सरकारले दल फुटाउन सहज हुने अध्यादेश पुन: ल्याउने तयारी गरेको एक मन्त्रीले दाबी गरेका छन्।
मन्त्रिपरिषदको बैठकपछि बाहिरिएका उनले नेपाल लाइभ सहकर्मीलाई दल फुटाउने अध्यादेश आउन सक्ने संकेत गरे। प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट दबाब बढ्दै गएपछि उक्त विकल्पतिर प्रधानमन्त्री लागेका हुन्।
अध्यादेश ल्याउनैका लागि आजै बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बताइएको छ।
अपरान्ह बोलाइएको मन्त्रिपरिषदको बैठक १५ मिनेट बसेर सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।