काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।
पछिल्लो समय नेकपाभित्र विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको बुझिएको छ। पार्टीभित्र संकट चुलिँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई दिनहुँजसो भेट्दै आएका छन्।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीले दुवै पद छाड्नुपर्ने स्थायी समिति बैठकमार्फत दबाब दिएका छन्। बुधबार साँझसमेत दाहाल र नेपाल समूहको छलफलले पार्टीको निर्णय मान्न प्रधानमन्त्रीलाई वाध्य पार्ने निर्णय गरेको थियो।
नेकपाको स्थायी समिति बैठक बिहीबार पनि बस्दैछ।
राष्ट्रपतिसँगको भेटवार्ता जारी रहेकाले प्रधानमन्त्री ओली आउन ढिला हुँदा ११ बजे बोलाइएको स्थायी कमिटि बैठक सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।