काठमाडौं- सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हाे।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ। बुधबार सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ तोकिएको थियो।
बिहीबार चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य तोलाको ९४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
सुनको मूल्य उच्च हुँदा बजारमा कारोबार भने न्यून रहेको व्यवसायीहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।