• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

उपत्यकाका सहकारी संस्थामा तरलता अभावको समस्या आउन नदिने जिल्ला र विषयगत संघको भनाइ

‘सहकारी संस्थाले सेवालाई निरन्तरता दिनू, ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्नू र तरलता समस्या परे तत्काल खबर गर्नू’
64x64
नेपाल लाइभ सोमबार, असार ८, २०७७  १६:०४
1140x725

काठमाडौं- काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, बहुउद्देशीय संघ र कृषि सहकारी संघलगायत विषयगत संघहरूले कोभिड- १९ महामारीको विषय परिस्थितिमा सहकारी संस्थामा तरलतालगायत अरु समस्या आउन नदिन समन्वयात्मक भूमिका निभाउने प्रतिवद्धता जनाएका छन्। साथै सबै सहकारी संस्थालाई आफ्नो सेवा सुचारु राख्न र कुनै समस्या परे समन्वयका लागि आग्रह गर्न पनि अपिल गरेका छन्। 

लकडाउनको अवधिमा अधिकांश आर्थिक क्रियाकलाप बन्द भएका कारण बचत संकलन र कर्जा भुक्तानी नहुने तर सदस्यहरूले धमाधम बचत फिर्ता लिने हुँदा तरलता अभाव समस्या हुन नदिन उपत्यकाकाभित्रका जिल्लागत र विषयगत संघहरूले पहल थालेका हुन्। जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङले समस्यामा परेका सहकारी संस्थाहरूलाई संघले समन्वय गरेर तरलता व्यवस्थापन गरिरहेको बताए।

‘आफ्नो संस्थाको अनुकुल मिलाएर संस्था खोल्ने र सेवा दिने भनेर उपत्यकाभित्रका सहकारीलाई हामीले अपिल गरेका छौं। संकटका बेला बचतको रकम फिर्ता माग्ने र कर्जा नउठ्ने दुवै खालका समस्या देखिन्छन्‚ त्यसलाई समाधान गर्नका लागि जिल्लागत संघ र विषयगत संघहरूले समन्वय गरिरहेका छन्’ उनले भने।

तरलता अभाव संकट आउन नदिनकै लागि यसअघि बचत फिर्ता गर्दा अधिकतम २५ हजार रुपैयाँमात्रै फिर्ता दिनेगरी जिल्लागत र विषयगत संघहरूले तोकेको मापदण्ड पनि खारेज गरिसकिएको उनले बताए। अब सहकारी संस्थाले आफू अनुकुल बचत फिर्ता गर्न सक्नेछन्। 

जिल्ला सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलालले भने लकडाउन अवधिका लागि तोकिएको बचत फिर्ता रकम (२५ हजार) को मापदण्ड यथावत राखिएको बताए। सामान्य अवस्थामै पनि तरलताको अभाव भोगिरहने संस्थामा बाहेक अरु संस्थामा अहिले रकम अभावको समस्या नरहेको बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘सधैं समस्या भइरहने संस्थामा अहिले पनि समस्या छ। तर वित्तीय अवस्था ठिक भएका सहकारी संस्थामा अहिले लकडाउनकै कारण समस्या छैन।’ उनले भने‚ ‘विषय परिस्थितिमा समन्वय महत्वपूर्ण कुरा हो। जिल्लागत र विषयगत संघहरूले समन्वयका लागि राम्रो भूमिका निभाइरहेका छन्। एउटा संस्थामा समस्या हुँदा अर्को संस्थाले सहयोग गर्ने वातावरण बनाउनका लागि पनि समन्वय आवश्यक छ।’

उपत्यकाभित्रका सहकारी संघहरूले आफूमातहतका संस्थामा परेका तरलतालगायत अन्य समस्याहरूको बारेमा जिल्ला स्थित विषयगत संघहरू, जिल्ला सहकारी संघहरू, केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघमा जानकारी गराउन भनेको छ। महासंघ र सहकारी बैंकले तरलता व्यवस्थापन कोष बनाएका भएपनि जिल्लागत संघहरूले भने तरलता कोष बनाएका छैनन्। तर आफूहरूले त्यसका लागि पहल गरिरहेको र चाँडै त्यस्तो कोष बनाउने गरी निर्णयसमेत भइसकेको तामाङ र दुलालको भनाइ छ। 

उपत्यकाका जिल्ला संघ र विषयतगत संघले संयुक्त रुपमा जारी गरेको अपिलमा ‘लकडाउन आंशिक रुपमा खुल्ला गरिएको अवस्थामा अनावश्यक रकम घरमा संचित नगर्नका लागि सदस्यहरूलाई सूचना जारी गर्दै अति आवश्यक वस्तु तथा सेवा खरीदका लागि मात्र संस्थाको तरलता तथा नगद व्यवस्थापन क्षमता साथै सदस्यसँगको आपासी समाझदारीको आधारमा निश्चित तालिका तोकी भुक्तानी गर्नू’ भनिएको छ। अर्थात् यसअघि बचत फिर्ता गर्दा तोकिएको २५ हजारको ‘क्यापिङ’ अब बाँकी छैन। 

अहिले अधिकांश सहकारी संस्थाहरूले सेवा दिन शुरु गरिसकेपनि केही संस्थाहरू अझै बन्द अवस्थामै रहेका कारण त्यस्ता सहकारीलाई तत्काल सेवा शुरु गर्न पनि संयुक्त अपिल गरिएको छ। ‘सहकारी संस्थाहरूले सुरक्षित विधि तथा सामाजिक दूरी कायम गरी न्युनतम जनशक्तिबाट सामन्यतया १० बजेदेखि ५ बजेसम्म वा संस्था स्वयंले समय तालिका निर्धारण गरी सदस्यहरूलाई सेवा प्रदान गर्न’ भनिएको छ। 

त्यस्तै सहकारी संस्थाहरूबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भएका कारण त्यस्तो नगर्न पनि जिल्ला संघ र विषयगत संघले संयुक्त रुपमा अपिल गरेका छन्। ‘सहकारी संस्थाहरूबीचमा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्नु/नगराउनुका साथै कोरोनाको कारणबाट सदस्यमा पर्नसक्ने मनोवैज्ञानिक प्रभाव एवं सहकारी क्षेत्रमा पर्न सक्ने दीर्घकालीन असरलाई मध्यनजर गर्दै सदस्यको बचत तथा कारोबारमा अधिकतम लचकता अपनाई कारोबार गर्न’ भनिएको छ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, भदौ १०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? बुधबार, भदौ १०, २०८३
तेलंगानामा ४३ यात्रु सवार बस–ट्रक ठोक्कियो, ६ जनाको मृत्यु बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्